कांग्रेसका मन्त्रीको कामबाट शेखर असन्तुष्ट, ‘सरकारमा हाम्रो पार्टी रहेको अनुभूति भएन’

बिजमाण्डू
२०८१ चैत्र २६ गते १९:१५ | Apr 8, 2025
कांग्रेसका मन्त्रीको कामबाट शेखर असन्तुष्ट, ‘सरकारमा हाम्रो पार्टी रहेको अनुभूति भएन’


काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले जनता आफ्ना माग सम्बोधनका लागि सडकमा आउने अवस्था अन्त्य भएमात्र पार्टी सरकारमा रहेको अनुभूति हुने बताएका छन्।

Tata
GBIME

उनले मंगलबार चितवनमा आयोजित कांग्रेसको कार्यक्रममा सडकमा विभिन्न समूहका नाममा भइरहेको आन्दोलनले सरकारले कामै नगरेको स्पष्ट भएको बताए।

‘अहिले शिक्षकदेखि सहकारी पीडित लगायत विभिन्न समूह आन्दोलनमा छन्। जनताले दिनहुँ सडकमा आउनुपरेको अवस्थामा हामीले कांग्रेस पनि सरकारमा छ भनेर कसरी भन्ने?,’ उनले भने।

कोइरालाले पार्टीले गरेका कामको समीक्षा गर्नुपर्ने बताए। ‘२०६२/०६३ को जनआन्दोलन पछिका वर्षमा कांग्रेस कहाँनेर चुक्यो? भन्ने कुराको समीक्षा जरुरी छ। हामीले राम्रा काम पनि गरेका छौं। नराम्रा काम पनि गरेका छौं। त्यसैले समीक्षा गर्न जरुरी छ,’ उनले भने।