BIZMANDU
www.bizmandu.com

कांग्रेसका मन्त्रीको कामबाट शेखर असन्तुष्ट, ‘सरकारमा हाम्रो पार्टी रहेको अनुभूति भएन’

२०८१ चैत्र २६

कांग्रेसका मन्त्रीको कामबाट शेखर असन्तुष्ट, ‘सरकारमा हाम्रो पार्टी रहेको अनुभूति भएन’
नेपाली कांग्रेस चितवनले मङ्गलबार नारायणगढमा आयोजना गरेको ३५औँ जनआन्दोलन दिवस तथा नयाँ वर्षको शुभकामना एवं नेका नेता भीमबहादुर श्रेष्ठको पुस्तक र कांग्रेस चितवनको भित्तेपात्रो विमोचन कार्यक्रममा धारण राख्नुहुँदै नेका नेता डा शेखर कोइराला । तस्बिरःसनद अधिकारी/रासस


काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले जनता आफ्ना माग सम्बोधनका लागि सडकमा आउने अवस्था अन्त्य भएमात्र पार्टी सरकारमा रहेको अनुभूति हुने बताएका छन्।

Tata
GBIME

उनले मंगलबार चितवनमा आयोजित कांग्रेसको कार्यक्रममा सडकमा विभिन्न समूहका नाममा भइरहेको आन्दोलनले सरकारले कामै नगरेको स्पष्ट भएको बताए।

‘अहिले शिक्षकदेखि सहकारी पीडित लगायत विभिन्न समूह आन्दोलनमा छन्। जनताले दिनहुँ सडकमा आउनुपरेको अवस्थामा हामीले कांग्रेस पनि सरकारमा छ भनेर कसरी भन्ने?,’ उनले भने।

कोइरालाले पार्टीले गरेका कामको समीक्षा गर्नुपर्ने बताए। ‘२०६२/०६३ को जनआन्दोलन पछिका वर्षमा कांग्रेस कहाँनेर चुक्यो? भन्ने कुराको समीक्षा जरुरी छ। हामीले राम्रा काम पनि गरेका छौं। नराम्रा काम पनि गरेका छौं। त्यसैले समीक्षा गर्न जरुरी छ,’ उनले भने।