कप्तान मेहबुबको अर्धशतकमा नेपाललाई १ सय ६९ रनको लक्ष्य, सन्तोषले लिए ३ विकेट

बिजमाण्डू
२०८१ चैत्र २४ गते १२:५९ | Apr 6, 2025
कप्तान मेहबुबको अर्धशतकमा नेपाललाई १ सय ६९ रनको लक्ष्य, सन्तोषले लिए ३ विकेट
अफगानिस्ताविरुद्ध बलिङमा नेपाल। तस्बिर: क्यान


काठमाडौं। नेपाली यू-१९ क्रिकेट टोलीले अफगानिस्तानबाट १ सय ६९ रनको लक्ष्य पाएको छ। मुलपानी क्रिकेट मैदानमा जारी सिरिजको दोस्रो खेलमा टस जितेर ब्याटिङमा उत्रिएको अफगानिस्तानले निर्धारित ५० ओभरमा अलआउट हुँदै १६८ रन बनाएको हो।

Tata
GBIME

अफगानिस्तानका लागि कप्तान मेहबुब खानले सर्वाधिक ५८ रन बनाउँदा रुहुल्लाह अरबले २७ तथा उजैरुल्लाह नियाजाइले १९ रन बनाए। बलिङमा नेपालका सन्तोष यादवले सर्वाधिक ३ विकेट लिँदा सिब्रिन श्रेष्ठ र विपिन शर्माले समान २ तथा अभिषेक तिवारी र अपराजित पौडेलले समान १ विकेट लिए।

नेपाली टोली सिरिजमा कायम रहन आजको खेल जित्नै पर्ने अवस्थामा छ। तीन खेलको सिरिजको पहिलो खेलमा अफगानिस्तानले नेपाललाई हराउँदै अग्रता बनाएको थियो।

नेपाल जवाफी ब्याटिङमा उत्रँदैछ।