
काठमाडौं। ब्राजिलियन सुपर स्टार रोबर्टो कार्लोस नेपाल आउने भएका छन्। नेपाल सुपर लिग (एनएसएल)मा उनी नेपाल आउने भएका हुन्।
अघिल्लो संस्करणमा चेल्सी लेजेन्ड डिडियर ड्रोग्बालाई नेपाल ल्याउने प्रयास गरेको एनएसएल घोषणा पछि पनि सफल भएको थिएन। यसपटक भने कार्लोसलाई ल्याउने घोषणा गर्न आयोजक हतारिएन। दशरथ रंगशालामा केही दिन अघिदेखि नै रंगशालामा ब्राजिलको झण्डा र ब्राजिलियन शैलीको सेलिब्रेसन भने चलिरहेको थियो।
स्पेनिस क्लब रियल मड्रिड र ब्राजिलको टोलीबाट खेलेका उनी विश्वको महनतम लेफ्ट ब्याकमध्येमा पर्छन्। रियल मड्रिडबाट उनले तीन पटक च्याम्पियन्स लिग जित्दा ब्राजिलको टोलीबाट १२५ खेल खेले। उनी सन् २००२ को विश्वकप विजेता ब्राजिलियन टोलीका सदस्यसमेत हुन्। ‘द बुलेट म्यान’ उपनामले चिनिने उनी शक्तिशाली फ्रिकिकका लागि पनि परिचित छन्।
अघिल्लो महिनामात्र केपी ओली कपमा क्रममा इटलियन फुटबल लेजेन्ड जियनलुइजी बुफोन नेपाल आएका थिए।