नेपाल सुपर लिगमा दुई जनामाथि प्रतिबन्ध, पोखरा थण्डर्सलाई नगद जरिवाना

बिजमाण्डू
२०८१ चैत्र २१ गते १८:२१ | Apr 3, 2025
नेपाल सुपर लिगमा दुई जनामाथि प्रतिबन्ध, पोखरा थण्डर्सलाई नगद जरिवाना
ललितपुर र पोखराबीचको खेलका दौरान परेको घम्साघम्सी।


काठमाडौं। नेपाल सुपर लिग (एनएसएल)मा पोखरा थण्डर्स कारवाहीमा परेको छ। एनएसएलले बिहीबार विज्ञप्ति जारी गर्दै पोखरा थण्डर्सलाई कारवाही गरेको जनाएको हो।

Tata
GBIME

एनएसएलका अनुसार पोखराका सुन्दर थापा र दीपक श्रेष्ठमाथि प्रतिबन्ध लागेको छ। सुन्दरलाई यो संस्करणको एनएसएल भरी र दीपकलाई आगामी दुई खेलका लागि प्रतिबन्ध लगाइएको हो।

सुन्दर ललितपुर सिटी र पोखरा थण्डर्सबीचको खेलका क्रममा रेफ्रीको निर्णयमा आपत्ति जनाउँदै हातपातमा उत्रिएका मुख्य व्यक्ति थिए। उनलाई आफ्नो क्षेत्राधिकारभन्दा बाहिर मैदानमा प्रवेश गरेर प्रतियोगिताको डाइरेक्टर सञ्जीव मिश्र र रेफ्रीमाथि जाइलागेको कारण प्रतिबन्ध लगाएको आयोजकले जनाएको छ।

उनको एक्रिडिएसन कार्ड व्यवस्थापनले फिर्ता लिने जनाएको छ। त्यस्तै, श्रेष्ठमाथि डगआउटमा आक्रामक बनेको आरोप छ। त्यस्तै क्लब पोखरा थण्डर्समाथि एनएसएलले ५० हजार रुपैयाँको जरिवाना पनि लगाउने निर्णय लिएको छ। यो घटनाक्रमको एनएसएल अनुशासन समितिले थप अनुसन्धान पनि गर्ने जनाएको छ।

सम्बन्धित समाचार: क्लबमा करोडौं परेको भन्दै रेफ्रीसँग असन्तुष्ट श्रेष्ठ, ‘लगानीकर्तालाई के जवाफ दिने?’

सम्बन्धित समाचार: चितवनले ५ ‘अयोग्य’ खेलाडी उतार्दा पोखराले पनि थप्यो एक जना, ‘एनएसएल म्यानेजमेन्टको दबाब’

एनएसएलमा पोखराको दुबै खेलमा विवाद निम्तिएको थियो। पहिलो खेलमा चितवनले श्रम स्वीकृति नभएका खेलाडी खेलाएको भन्दै पोखराले विरोध गर्दा १८ मिनेट ढिला खेल सुरु भएको थियो। त्यस्तै, दोस्रो खेलमा रेफ्रीको निर्णयलाई लिएर ललितपुरविरुद्धको खेलमा हात हालाहालको अवस्था बनेको थियो।