
काठमाडौं। साताको पहिलो दिन सुनको मूल्य तोलामा १६०० रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आइतबार प्रति तोला १ लाख ५५ हजार ७ सय रुपैयाँ पुगेको छ।
शुक्रवार सुन तोलामा ८०० रुपैयाँ बढेर प्रति तोला १ लाख ५४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य प्रति तोला एक हजार ८६० रुपैयाँ पुगेको छ। अघिल्लो दिनभन्दा चाँदी तोलामा १५ रुपैयाँ महँगिएको हो।
शुक्रबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँ बढेको थियो।
अन्तर्राष्ट्रिय बजारमा आइतबार सुनको मूल्य बढेर प्रति औंस २६८९.३४ डलर छ र चाँदीको भाउ प्रति औंस ३०.४१ डलर पुगेको छ। शुक्रबार सुनको मूल्य प्रति औंस २६७४.८ र चाँदीको मूल्य प्रति औंस ३०.२६ डलर थियो।