सुनचाँदीको कारोबार मूल्य स्थिर, साताको दोस्रो दिन कतिमा हुँदैछ किनबेच?

बिजमाण्डू
२०८१ पुष २२ गते ११:०४ | Jan 6, 2025
सुनचाँदीको कारोबार मूल्य स्थिर, साताको दोस्रो दिन कतिमा हुँदैछ किनबेच?


काठमाडौं। सुनको मूल्य गत शुक्रबारका तुलनामा तोलामा १ हजार ५ सय रुपैयाँ घटेर साताको पहिलो दिन कायममा सोमबार स्थिर छ। आइतबार सुन प्रति तोला १ लाख ५२ हजार रुपैयाँमा कारोबार भएको थियो।

Tata
GBIME

गत शुक्रबार तोलाको १ लाख ५३ हजार ५ सय थियो भने बिहीबार १ लाख ५१ हजार ५ सय रुपैयाँ थियो।

चाँदी प्रति तोला १ हजार ८ सय १० रुपैयाँ छ। अघिल्लो दिनको भन्दा तोलामा २० रुपैयाँ बढेर गत शुक्रबार कायम उक्त मूल्यमा चालु साताको दोस्रो दिन पनि घटबढ छैन।

माघ नजिकिँदै आएकाले बजारमा सुनको माग बढ्न थालेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रति औंस २६३५.७३ डलरले कारोबार भइरहेको छ। चाँदी प्रतिऔंस २९.५६ डलर छ।