
काठमाडौं। वाणिज्य बैंकहरुले सुनको आयात बढाएका छन्। राष्ट्र बैंकले सुनचाँदी वितरणका लागि कार्यदल गठन गरेपछि वाणिज्य बैंकहरुले सुनको आयात बढाएका हुन्।
सरकारले मंसिर पहिलो साता सुनको भन्सार दर घटाए पनि सुन वितरणलाई लिएर सुनचाँदी व्यवसायी महासंघ र संघबीचको विवादका कारण पुस पहिलो सातासम्म बैंकहरुले आयात गर्न मानेका थिएनन्।
राष्ट्र बैंकले कार्यदल गठन गरेपछि एक साताकै अवधिमा करिब २०० किलो सुन आयात गरिएको छ। नेपाल बैकर्स संघका अनुसार रा ४ वटा बैंकले उपत्यकाभित्रका लागि १०० केजी र बाहिरका लागि १०० केजी सुन आयात गरेका हुन्।
माघ महिनामा बिहेको लगन भएकोले व्यवसायीले अहिलेदेखि नै सुन खरिद गरेर स्टक राख्न थालेका छन्। लगनका बेला माग बढ्ने भएकाले अहिलेदेखि नै स्टक गर्न थालेको व्यवसायीहरुको भनाइ छ।