सुनको मूल्यमा फेरि बढोत्तरी, प्रति तोला १ लाख ५० हजार ३ सय रुपैयाँ पुग्यो

बिजमाण्डू
२०८१ पुष ११ गते ११:२४ | Dec 26, 2024
सुनको मूल्यमा फेरि बढोत्तरी, प्रति तोला १ लाख ५० हजार ३ सय रुपैयाँ पुग्यो


काठमाडौं। घट्न थालेको सुनको मूल्य फेरि बढेको छ। बुधबार तोलामा १ सय घटेको सुन बिहीबार ६ सय रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको कारोबार मूल्य प्रति तोला १ लाख ५० बहार ३ सय रुपैयाँ निर्धारण भएको छ।

Tata
GBIME

बुधबार प्रति तोला १ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। चालु महिनाको प्रारम्भमा सुन तोलाको १ लाख ५१ हजार २ सय रुपैयाँ थियो। घट्दा बीचमा गत शुक्रबार १ लाख ४८ हजार ५ सयसम्म पुगेको थियो।

चाँदीको मूल्य बिहीबार स्थिर छ। बुधबार ५ रुपैयाँ घटेर प्रति तोला १ हजार ८ सय रुपैयाँ भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २६२६.३७ डलर पुगेको छ। बुधबार २६१६.४५ डलरले कारोबार भएको थियो।

चाँदी प्रतिऔंस २९.६१ डलर छ। बुधबार २९.६२ डलर थियो।