
काठमाडौं । नेपालमा बीवाइडीको एम ६ लन्च भएको छ। चिनियाँ ब्रान्ड बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले आज पोखरामा एम६ वियोन्ड लिमिट्स सिरिज सार्वजनिक गरेको हो।
पाेखराकाे पामेमा अन्तर्राष्ट्रिय बलुन महोत्सवको अवसरमा बेलुन उडाएर बीवाइडीकाे एम ६ गाडी लन्च गरिएको हो।

५८ लाख ९० हजार रुपैयाँ मूल्य तोकिएको यो गाडीले ४५० किलोमिटर रेन्ज दिन्छ।
बीवाइडीको एम ६ को १०० युनिट गाडी आजै डेलिभर गरिएको कम्पनीले जनाएको छ।