BIZMANDU
www.bizmandu.com

बलुन उडाएर बीवाइडी एम ६को ‘कर्टेन रेज’, ५८ लाख ९० हजारको गाडी आजै १०० वटा डेलिभरी

२०८१ पुष ९

बलुन उडाएर बीवाइडी एम ६को ‘कर्टेन रेज’, ५८ लाख ९० हजारको गाडी आजै १०० वटा डेलिभरी
बलुन उडाएर बीवाइडी एम ६को ‘कर्टेन रेज’, ५८ लाख ९० हजारको गाडी आजै १०० वटा डेलिभरी


काठमाडौं । नेपालमा बीवाइडीको एम ६ लन्च भएको छ। चिनियाँ ब्रान्ड बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले आज पोखरामा  एम६ वियोन्ड लिमिट्स सिरिज सार्वजनिक गरेको हो।

Tata
GBIME
NLIC

पाेखराकाे पामेमा अन्तर्राष्ट्रिय बलुन महोत्सवको अवसरमा बेलुन उडाएर बीवाइडीकाे एम ६ गाडी लन्च गरिएको हो।

५८ लाख ९० हजार रुपैयाँ मूल्य तोकिएको यो गाडीले ४५० किलोमिटर रेन्ज दिन्छ।

बीवाइडीको एम ६ को १०० युनिट गाडी आजै डेलिभर गरिएको कम्पनीले जनाएको छ।