
काठमाडौं। साताको दोस्रो दिन सुनको मूल्य तोलामा २०० रुपैयाँ बढेको छ। सुनको मूल्य सोमबार प्रति तोला एक लाख ४९ हजार ८०० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आइतबार सुन तोलामा ११०० रुपैयाँ बढेको थियो।
चाँदीको मूल्य सोमबार तोलामा ५ रुपैयाँ बढेर एक हजार ७९५ रुपैयाँ पुगेको छ। चाँदी आइतबार प्रति तोला २० रुपैयाँ महँगिएको थियो।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनचाँदीको भाउ थोरै बढेको छ। सुनको मूल्य प्रति औंस २६२५.११ डलर पुगेको छ।
चाँदी प्रति औंस २९.६३ डलरमा कारोबार भइरहेको छ। आइतबार सुन प्रति औंस २६२३.१८ डलर र चाँदी प्रति औंस २९.४९ डलरमा कारोबार भएको थियो।