सुनको मूल्यमा प्रति तोला १७ सय रुपैयाँको गिरावट, चाँदी तोलामा ५५ रुपैयाँले घट्यो

बिजमाण्डू
२०८१ पुष ४ गते ११:११ | Dec 19, 2024
सुनको मूल्यमा प्रति तोला १७ सय रुपैयाँको गिरावट, चाँदी तोलामा ५५ रुपैयाँले घट्यो


काठमाडौं। सुनको मूल्य लगातार घट्दै बिहीबार प्रति तोला १ लाख ४९ हजार रुपैयाँ कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रति तोला १७ सय रुपैयाँले घटेको हो।

Tata
GBIME

बुधबार सुन तोलामा ७ सय रुपैयाँले घटेर कारोबार मूल्य प्रति तोला १ लाख ५० हजार ७ सय रुपैयाँ कायम भएको थियो। मंगलबार सुनको भाउ तोलामा २०० रुपैयाँ बढेर प्रति तोला एक लाख ५१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

आइतबार तोलामा २२०० रुपैयाँ घटेको सुनको मूल्य सोमबार ४०० रुपैयाँ बढेको थियो।

चाँदीको मूल्य पनि घटेको छ। बिहीबार चाँदी तोलामा ५५ रुपैयाँ घटेर प्रति तोला १ हजार ७८० रुपैयाँमा आइपुगेको छ।

बुधबार चाँदी तोलामा ५ रुपैयाँ घट्दै प्रति तोला १ हजार ८३५ रुपैयाँमा कारोबार भएको थियो। मंगलबार चाँदी प्रति तोला एक हजार ८४० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्दै प्रति औंस २६०९.५२ डलर कायम भएको छ। चाँदी प्रति औंस २९.४५ डलरमा आइपुगेको छ। बुधबार सुन प्रति औंस २६४७.४१ डलर र चाँदी प्रति औंस ३०.४५ डलर थियो।