
काठमाडौं । तीन दिनदेखी लगातार बढिरहेको सुनको मूल्य बुधबार घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको कारोबार मूल्य आज प्रतितोला एक लाख ५० हजार ७०० रुपैयाँ निर्धारण भएको छ।
अघिल्लो दिनको भन्दा सुन तोलामा ७ सय रुपैयाँ घटेको हो। मंगलबार सुनको भाउ तोलामा २०० रुपैयाँ बढेर प्रतितोला एक लाख ५१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
दुई दिनदेखि स्थिर रहेको चाँदीको मूल्य आज तोलामा ५ रुपैयाँ घटेको छ। आज चाँदी प्रतितोला एक हजार ८३५ रुपैयाँ कायम छ। मंगलबार चाँदी प्रति तोला एक हजार ८४० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्टिय बजारमा पनि सुन चाँदीको भाउ घटेको छ। बुधबार सुन प्रतिऔंस २६४७.४१ डलर र चाँदी प्रतिऔंस ३०.४५ डलर छ। मंगलबार सुन २६५१.७५ डलर र चाँदी प्रतिऔंस ३०.४५ डलरमा कारोबार भएको थियो।