सुनको मूल्य उकालो लाग्यो, तोलामा २०० रुपैयाँ वृद्धि, चाँदीको भाउ भने स्थिर

बिजमाण्डू
२०८१ पुष २ गते ११:०१ | Dec 17, 2024
सुनको मूल्य उकालो लाग्यो, तोलामा २०० रुपैयाँ वृद्धि, चाँदीको भाउ भने स्थिर


काठमाडौं। सुनको भाउ लगातार दोस्रो दिन बढेको छ। मंगलबार सुन प्रति तोला २०० रुपैयाँ महँगिएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य प्रति तोला १ लाख ५१ हजार ४०० रुपैयाँ निर्धारण भएको जनाएको छ।

Tata
GBIME

साताको पहिलो दिन तोलामा २२०० रुपैयाँ घटेको सुनको मूल्य सोमबार ४०० रुपैयाँ बढेको थियो। 

चाँदीको मूल्य भने दुई दिनदेखि स्थिर छ। आइतबार तोलामा २० रुपैयाँ घटेर प्रति तोला १ हजार ८४० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ त्यसयता घटबढ भएको छैन।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंस २६५१.७५ र चाँदीको भाउ प्रति औंस ३०.४५ डलर छ।