सुनको मूल्य तोलामा एक सय रुपैयाँ बढ्यो, उकालो लाग्यो चाँदीको भाउ पनि

बिजमाण्डू
२०८१ मंसिर १९ गते ११:३७ | Dec 4, 2024
सुनको मूल्य तोलामा एक सय रुपैयाँ बढ्यो, उकालो लाग्यो चाँदीको भाउ पनि

काडमाडौं। सुनको मूल्य दुई दिनदेखि लगातार बढ्न थालेको छ। बुधबार सुन प्रति तोला १ लाख ५० हजार ४ सय रुपैयाँ निर्धारण भएको छ।

Tata
GBIME
NLIC

अघिल्लो दिनको तुलनामा सुन तोलामा १ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार सुन तोलामा १ हजार रुपैयाँले बढेर प्रति तोला १ लाख ५० हजार ३ सय रुपैयाँ पुगेको थियो।

सोमबार सुन १२ सय रुपैयाँले घटेर १ लाख ४९ हजार ३ सय रुपैयाँमा आइपुगेको थियो।

चाँदी पनि तोलामा २० रुपैयाँले बढेको। बुधबार चाँदीको भाउ प्रति तोला १ हजार ८६५ रुपैयाँ कायम भएको छ।

मंगलबार चाँदी तोलामा ३० रुपैयाँ बढेर प्रति तोला १ हजार ८४५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्न थालेपछि स्थानीय बजारमा यसको प्रभाव देखिन थालेको हो। बुधबार सुन प्रति‍ औंस २६५०.४२ डलर र चाँदी प्रति औंस ३१ डलर छ। मंगलबार सुन प्रति औंस २६३७.८४ डलर र चाँदी प्रति औंस ३०.५३ डलर थियो।