सुनचाँदीको मूल्यमा गिरावट : उच्च भएको सुन तोलामा ४०० र चाँदी २० रुपैयाँले घट्यो

बिजमाण्डू
२०८१ कात्तिक १२ गते ११:१० | Oct 28, 2024
सुनचाँदीको मूल्यमा गिरावट : उच्च भएको सुन तोलामा ४०० र चाँदी २० रुपैयाँले घट्यो


काठमाडौं। साताको पहिलो दिन तोलामा १४ सय रुपैयाँ बढेर उच्च विन्दुमा पुगेको सुनको भाउ सोमबार घटेको छ। सोमबार अघिल्लो दिनको भन्दा सुन तोलामा ४ सय रुपैयाँले घटेको छ।

Tata
GBIME

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको कारोबार मूल्य प्रति तोला १ लाख ६७ हजार रुपैयाँ निर्धारण भएको छ।

आइतबार सुन प्रति तोला १ लाख ६७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। शुक्रबार प्रति तोला १ लाख ६६ हजार रुपैयाँमा कारोबार भएको थियो।

चाँदी पनि घटेको छ। सोमबार चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर प्रति तोला २ हजार ६५ रुपैयाँमा झरेको छ।

आइतबार चाँदी तोलामा १५ रुपैयाँ बढ्दा प्रति तोला २ हजार ८५ रुपैयाँ पुगेको थियो।

अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रति औंस २७३३.२४ डलर र चाँदी प्रति औंस ३३.३३ डलरमा कारोबार भइरहेको छ।