सुनको मूल्यमा दिनहुँ उच्च मूल्यको रेकर्ड, प्रति तोला ३०० बढ्दा चाँदी पनि महँगियो

बिजमाण्डू
२०८१ कात्तिक ६ गते ११:०२ | Oct 22, 2024
सुनको मूल्यमा दिनहुँ उच्च मूल्यको रेकर्ड, प्रति तोला ३०० बढ्दा चाँदी पनि महँगियो


काठमाडौं। सुनको मूल्यमा मंगलबार पनि उच्च मूल्यको रेकर्ड बनेको छ। तोलामा ३०० रुपैयाँ बढेपछि सुन अहिलेसम्मै महँगो भएको हो।

Tata
GBIME

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रति तोला १ लाख ६५ हजार ९०० रुपैयाँ पुगेको छ। सोमबार प्रति तोला ६०० रुपैयाँ बढेको थियो। गत सातादेखि सुनको भाउमा दिनहुँ रेकर्ड बनिरहेको छ।

चाँदीको मूल्य पनि हालसम्मकै उच्च भएको छ। मंगलबार चाँदी प्रति तोला ५ रुपैयाँ बढेर २१०० रुपैयाँ पुगेको छ।

अन्तर्राष्ट्रिय बजारमा भाउ बढेका कारण नेपालमा सुनचाँदी महँगिएको हो। सुनको भाउ अन्तर्राष्ट्रिय बजारमा प्रति औंस २७३०.०५ डलरबाट मंगलबार २७३५.८ डलर तथा चाँदीको मूल्य ३३.९८ डलरबाट ३४.१५ डलर पुगेको छ।