
काठमाडौं । एनएलजी इन्स्योरेन्सले हकप्रद सेयर निष्कासन घटाएको छ। कम्पनीको सोमबार बसेको संचालक समिति बैठकले हकप्रद सेयर घटाउने निर्णय गरेको हो।
कम्पनीले आर्थिक वर्ष २०७९/८० को ५.५ प्रतिशत बोनस सेयर वितरण गरेसँगै चुक्ता पुँजी वृद्धि भएपछि हकप्रद सेयर घटाएको हो।
कम्पनीले पोहोर साउनमा कायम चुक्ता पुँजी १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार रुपैयाँको ६६ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको थियो।
अघिल्लो वर्षको ५.५० प्रतिशत बोनस सेयरपछि इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ५३ करोड ९५ लाख ३५ हजार रुपैयाँ कायम भएको छ।
योसँगै कम्पनीले पूर्वनिर्धारित हकप्रद सेयर निष्कासन घटाएर हाल कायम पुँजीको ६२.५६ प्रतिशत निष्कासन गर्ने भएको हो।