पूर्वगृहमन्त्री रामबहादुर थापाको छोरा प्रतीक पक्राउ, नक्कली भुटानी शरणार्थी प्रकरणमा थिए फरार

बिजमाण्डू
२०८१ असार १४ गते २०:२६ | Jun 28, 2024
पूर्वगृहमन्त्री रामबहादुर थापाको छोरा प्रतीक पक्राउ, नक्कली भुटानी शरणार्थी प्रकरणमा थिए फरार

काठमाडौं। पूर्वगृहमन्त्री रामबहादुर थापाका प्रतीक पकाउ परेका छन्। शुक्रबार साँझ काठमाडौंबाट थापा पक्राउ परेका हुन्।

Tata
GBIME

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने भन्दै ठगी गरेको आरोप थापामाथि छ। उनीमाथि ठगी, किर्तेसहितको आरोपमा काठमाडौं जिल्ला अदालतमा मुद्दा विचाराधीन छ।  

थापा भारतमा लुकेर बसेको आशंका प्रहरीले गरेको थियो।

थापालाई अब मुद्दा पूर्पक्षका क्रममा अदालतमा उपस्थित गराइने छ। उक्त प्रकरणको मुद्दा जिल्ला अदालत काठमाडौैमा विचाराधीन छ।

मुद्दामा प्रतिवादी बनाइएका सबै प्रतिवादी उपस्थित नभएका कारण अदालतले मुद्दाको अन्तिम सुनुवाइ सुरु गरेको छैन। थापा समेत दश प्रतिवादी फरार थिए। अब फरार प्रतिवादीको संख्या ९ छ। २०८० जेठ १० गते मुद्दा दायर भएको थियो। एक वर्ष बढी भइसके पनि मुद्दाको अन्तिम सुनुवाइ नभएको हो।