मदन भण्डारी राजमार्ग : पौने ४ अर्बको ठेक्कामा तीन कम्पनीबीच प्रतिस्पर्धा, कसले पाउला?

बिजमाण्डू
२०८१ असार १४ गते १३:४० | Jun 28, 2024
मदन भण्डारी राजमार्ग : पौने ४ अर्बको ठेक्कामा तीन कम्पनीबीच प्रतिस्पर्धा, कसले पाउला?

काठमाडौं। मदन भण्डारी राजमार्ग अन्तर्गत रोल्पा–सल्यान सडक खण्ड निर्माणका लागि ३ ठूला निर्माण कम्पनीबीच प्रतिस्पर्धा भएको छ।

Tata
GBIME

३ अर्ब ७२ करोड रुपैयाँ लागतको ५२.१७ किलोमिटर सडक बनाउन गत वैशाख ३१ गते टेन्डर आव्हान गरिएकामा तीन वटा निर्माण कम्पनी प्रविधिक रुपमा पास भएका छन्।

सडक बनाउन कालिका कन्स्ट्रक्सन, कुमार श्रेष्ठ निर्माण सेवा र आशिष निर्माण सेवाले आवेदन दिएकामा ३ वटै कम्पनी प्राविधिकरुपमा छनोट भएका हुन्।

यी कम्पनीले पेस गरेको आर्थिक प्रस्ताव असार २१ गते खोल्ने आयोजनाले जनाएको छ। जुन कम्पनीले कम रकम कबोल गरेको छ त्यही कम्पनीले ठेक्का पाउने छ।

सरकारले सार्वजनिक खरिद नियमावलीमा १२ औं संशोधनमार्फत ५ अर्बसम्मको ठेक्कामा नेपाली कम्पनीले एक्लै भाग लिन पाउने व्यवस्था गरेको थियो।