प्रभु बैंकका ग्राहकलाई गणेशमान सिंह मेमोरियल अस्पतालमा उपचार गराउँदा विशेष छुट

बिजमाण्डू
२०८१ बैशाख २४ गते १३:०२ | May 6, 2024
प्रभु बैंकका ग्राहकलाई गणेशमान सिंह मेमोरियल अस्पतालमा उपचार गराउँदा विशेष छुट
छूट सम्झौता गर्दै बैंक र अस्पतालका प्रतिनिधि

काठमाडौं। प्रभु बैंकका ग्राहकले ललितपुरको महालक्ष्मीस्थानस्थित गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टरको सेवामा छुट पाउने भएका छन्।

Tata
GBIME
Nepal Life

यस सम्बन्धमा बैंक र अस्पतालबीच सम्झौता भएको छ। अस्पतालका अध्यक्ष दीपकप्रकाश बास्कोटा र प्रभु बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत रविन्द्र ढकालले सम्झौतापत्रमा सोमबार हस्ताक्षर गरे।

सम्झौताअनुसार बैंकका कर्मचारी र तिनका पारिवारका सदस्य तथा ग्राहकले अस्पतालमा उपचार गराउँदा अन्तरंग तथा बहिरंग सेवामा ओपीडी टिकटबाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी र दन्त चिकित्सा लगायत सेवामा विशेष छुट पाउनेछन्।

बैंकले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा छुट प्रतिशत भने खुलाइएको छैन।