आजको मौसम पूर्वानुमान : गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना

बिजमाण्डू
२०८१ बैशाख १३ गते ०६:४१ | Apr 25, 2024
आजको मौसम पूर्वानुमान : गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना

काठमाडौं। हाल नेपालमा पश्‍चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। सोही मौसमी प्रणालीका कारण हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Tata
GBIME
Nepal Life

महाशाखाका अनुसार बिहीबार दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्‍चिम प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ।

गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा छिटपुटदेखि हल्का हिमपातको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशको केही स्थानहरू साथै बाँकी प्रदेशका थोरै स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको छ।

बिहीबार राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही देशको बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा छिटपुटदेखि हल्का हिमपातको सम्भावना रहेको छ।

लुम्बिनी प्रदेशको तराई भू-भागका थोरै स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको महाशाखाको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।