क्षमता बढाउन ९.६८ अर्ब पुनर्लगानी गर्ने डाबर नेपालको प्रस्ताव, बोर्डले बनायो वार्ता समिति

बिजमाण्डू
२०८१ बैशाख ११ गते १७:१५ | Apr 23, 2024
क्षमता बढाउन ९.६८ अर्ब पुनर्लगानी गर्ने डाबर नेपालको प्रस्ताव, बोर्डले बनायो वार्ता समिति
लगानी बोर्डको बैठक

काठमाडौं। लगानी बोर्डले वैशाख १६ र १७ गते लगानी सम्मेलनमा प्रस्तुत गरिने आयोजनाको सूची स्वीकृत गरेको छ।

Tata
GBIME
Nepal Life

बोर्डको मंगलबार बसेको ५८औं बैठकले आशयपत्र आह्ववान गरिने, सोकेस गरिने र मार्केट साउण्डिङ गरिने आयोजनाको सूची स्वीकृत गरेको हो।

बैठकले ह्ववासिन नारायणी सिमेन्ट परियोजनाका लागि ६ अर्ब ६३ करोड ४० लाख थप लगानी स्वीकृत गरेको छ।

डाबर नेपालको विस्तृत परियोजना प्रतिवेदन जानकारीमा लिई परियोजना लगानी सम्झौताको मस्यौदा तयार गर्न बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टको संयोजकत्वमा वार्ता समिति गठन गरिएको छ।

डाबर नेपालले क्षमता विस्तार तथा उत्पादन विविधिकरणका लागि ९ अर्ब ६८ करोड रुपैयाँ पुनर्लगानीका लागि प्रस्ताव गरेको छ।