कतारी अमिरको आवागमनले नेपाली आकाशमा होल्ड भएका विमान ल्यान्ड हुन थाले, खुल्यो विमानस्थल

बिजमाण्डू
२०८१ बैशाख ११ गते १६:४८ | Apr 23, 2024
कतारी अमिरको आवागमनले नेपाली आकाशमा होल्ड भएका विमान ल्यान्ड हुन थाले, खुल्यो विमानस्थल
फाइल फोटो

काठमाडौं। कतारका अमिर काठमाडौं अवतरण गर्ने क्रममा नेपाली आकाशमा होल्ड भएका विमान ल्यान्ड हुन थालेका छन्।

Tata
GBIME
Nepal Life

दुई दिने राजकीय भ्रमणका लागि कतारमा अमिर मंगलबार अपराह्न काठमाडौं अवतरण गरेका छन्। त्रिभुवन अन्तर्राष्ट्रियमा केही अवधिका लागि नोटाम जारी गरेको थियो। अमिरको विमान अवतरण भएर उनी विमानस्थलबाट बाहिरिएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ।

नेपाली आकाशमा दोहाबाट आएको कतार एयरवेज, कुन्मिङबाट आइरहेको चाइना इस्टर्न एयरलाइन्स र दिल्लीबाट आएको भिस्तारा एयर होल्ड भएका थिए। आन्तरिक तर्फ सुर्खेतबाट आइरहेको बुद्ध एयरको जहाज आकाशमै होल्ड भएको थियो।

सुरक्षा दृष्टिकोणलाई मध्यनजर गर्दै अन्य विमान उडान अवतरण रोकिएको थियो।