राष्ट्रियस्तरका विकास बैंकको ९ महिनाको नाफा साढे ३ अर्ब, ६ वटाको खराब कर्जा बढ्यो

आकाश बोगटी
२०८१ बैशाख १० गते १९:४२ | Apr 22, 2024
राष्ट्रियस्तरका विकास बैंकको ९ महिनाको नाफा साढे ३ अर्ब, ६ वटाको खराब कर्जा बढ्यो

काठमाडौं। कर्जा असुलीमा देखिएको समस्याले खराब कर्जा बढ्न गई राष्ट्रियस्तरका विकास बैंकहरुको नाफा प्रभावित भएको छ।

Tata
GBIME
Nepal Life

व्यवसायमा आएको सुस्ततासँगै असुली प्रभावित बन्दा खराब कर्जा बढ्न गई प्रोभिजनिङ रकम थपिएका कारण बैंकहरुको नाफा घटेको हो। साथै, अधिकांश बैंकको वितरणयोग्य नाफा समेत घट्न पुगेको छ।

राष्ट्रियस्तरका विकास बैंकको नाफा २.०६ प्रतिशतले खुम्चिएर ३ अर्ब ५३ करोड ८८ लाख रुपैयाँमा सीमित भएको छ। गत वर्ष ९ महिनामा उनीहरुले ३ अर्ब ६१ करोड ३२ लाख रुपैयाँ नाफा गरेका थिए।

चालु वर्ष चैतसम्म सांग्रिला डेभलपमेन्ट बैंक र ज्योति विकास बैंकको वितरणयोग्य नाफा ऋणात्मक देखिएको छ।

४ बैंकको नाफा खुम्चिंदा ४ वटाको भने बढेको छ। मुक्तिनाथ विकास बैंकले सर्वाधिक ८७ करोड रुपैयाँ नाफा गरेको छ। गत वर्ष सोही अवधिमा बैंकले ८० करोड ६२ लाख नाफा गरेको थियो।

ज्योति विकास बैंकले भने सबैभन्दा कम १५ करोड खुद नाफा कमाएको छ। गत वर्ष सोही अवधिमा बैंकले २० करोड १६ लाख नाफा गरेको थियो।

डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष तथा सांग्रिला डेभलपमेन्ट बैंकका सीइओ सुयोग श्रेष्ठ कर्जा असुलीमा देखिएको समस्याका कारण बैंकहरुको नाफा प्रभावित भएको बताउँछन्।

उनका अनुसार रिकभरि प्रभावित हुँदा त्यसले बैंकहरुको खराब कर्जा बढ्न गई प्रोभिजनिङ रकम बढेको हो। ‘अधिकांश बैंकलाई पुँजी कोषको दबाब छ। त्यसले पनि व्यवसाय बढाउन सकेनन्। साथै समयमै कर्जा असुली नहुँदा नाफा घटेको हो,’ उनले भने।

औद्योगिक तथा व्यापारिक क्षेत्र, घरजग्गा कारोबार, सेयर बजारमा देखिएको शिथिलताले समग्र बैंकिङ क्षेत्रमा रिकभरिको समस्या निम्तिएको छ।

निष्कृय कर्जा कति ?

राष्ट्रियस्तरका विकास बैंकको औसत निष्कृय कर्जा ३.०९ प्रतिशत पुगेको छ। ८ मध्ये ६ बैंकको खराब कर्जा बढेको छ भने दुई वटाको घटेको छ। गत वर्ष सोही अवधिमा निष्कृय कर्जा २.८२ प्रतिशत थियो।

प्रोभिजनिङ बढ्यो

कर्जा असुली प्रभावित हुँदा त्यसले बैंकहरुको प्रोभिजनिङ रकम बढाएको छ। चैतसम्म राष्ट्रियस्तरका विकास बैंकले ३ अर्ब ९५ करोड रुपैयाँ प्रोभिजनिङ गरेका छन्। प्रोभिजनिङ बढ्दा त्यसले नाफासँगै लगानीकर्तालाई वितरण गर्ने लाभांश समेत प्रभावित हुन पुगेको छ।

कर्जा लगानी कति ?

राष्ट्रियस्तरका विकास बैंकको कर्जा लगानी बढाएका छन्। गत वर्ष चैतसम्मको तुलनामा ८ वटै बैंकले कर्जा लगानी बढाएका हुन्।

कर्जा शाइन रेसुंगाले सबैभन्दा धेरै १० अर्बले बढाएको छ। यस्तै महालक्ष्मी विकास बैंकले ५ अर्ब, गरिमा विकास बैंक र लुम्बिनी विकास बैंक ४/४ अर्ब, कामना सेवाले ३ अर्ब, मुक्तिनाथ विकास बैंक र सांग्रिला डेभलपमेन्ट बैंकले १/१ अर्ब तथा ज्योति विकास बैंकले ७० करोडले कर्जा बढाएका छन्।

राष्ट्रियस्तरका विकास बैंकहरुको वित्तीय अवस्था

बैंक२०८०/८१ चैतसम्मको नाफा (रु हजारमा)२०७९/८० चैतसम्मको नाफा (रु हजारमा)नाफा (फरक प्रतिशतमा)२०८०/८१ चैतसम्मको खराब कर्जा (प्रतिशतमा)२०७९/८० चैतसम्मको खराब कर्जा
(प्रतिशतमा)
फरकप्रोभिजनिङ रकम (रुपैयाँमा)वितरणयोग्य नाफा (रु हजारमा)
सांग्रिला डेभलपमेन्ट २६९,३८९.८१२४६,१४८.८१९.४४३.८४३.५५०.२९४०,०३,२३,१२७-६०,१९४.८४
शाइन रेसुंगा डेभलपमेन्ट ५१४,६५९.१५५५४,५०१.४१-७.१९३.४१२.११-१.३३७,१८,५७,०९३१४८,८८५.९१
महालक्ष्मी विकास३७३,५५१.५३३७८,९४९.३५१.४२४.१६४.6२०.४६३६,०४,०१,००८९८,८३२.७१
मुक्तिनाथ विकास८७१,८२४.७७८०६,२८४.००८.१३२.०२१.९९-०.०३७२,०१,५५,९६६१०,२८६.१३
कामना सेवा विकास३३१,३६३.२३३०५,६७९.०२८.४०३.५५३.२७-०.२८३४,६५,६०,३५६२८७,३३१.५७
लुम्बिनी विकास३४२,१६८.१०४६८,१५१.८६-२६.९१३.६९३.७६०.०७१९,६७,५०,६६८९१,६६२.६१
ज्योति विकास१५२,४३३.४२२०१,६१८.५३-२४.४४.९७३.८९-१.०८८३,०२,७९,००८-२८६,६५८.४७
गरिमा विकास६८३,४६२.३५६५१,८७१.०२४.८५२.९७ २.९५-०.०२७२,८९,०२,८४११०२,१००.१३
स्रोत: विकास बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण