सूर्य नेपाल काठमाडौं ओपन भोलिदेखि सुरु हुँदै, विजेताले १ लाख २० हजार रुपैयाँ पाउने

बिजमाण्डू
२०८१ बैशाख १० गते १८:३८ | Apr 22, 2024
सूर्य नेपाल काठमाडौं ओपन भोलिदेखि सुरु हुँदै, विजेताले १ लाख २० हजार रुपैयाँ पाउने

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपन भोलिदेखि सुरु हुने भएको छ। रोयल नेपाल गल्फ क्लबमा प्रतियोगिता हुनेछ।

Tata
GBIME
Nepal Life

७२ होलको चार दिने प्रतियोगिता शुक्रबारसम्म चल्ने आयोजकले जनाएको छ। उपाधिको लागि ३२ प्रोफेसनल र ८ एमेच्योर गरि कूल ४० गल्फरहरूबीच प्रतिष्पर्धा हुनेछ।

प्रतियोगिताको कूल पुरस्कार राशी ७ लाख ३ हजार ५०० रुपैयाँ रहेको छ। विजेताले १ लाख २० हजार रुपैयाँ पाउनेछन् भने दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमश: ८२ हजार र ६६ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

यस्तै, चौथो हुनेले ५५ हजार र पाँचौ हुने खेलाडीले ४३ हजार रुपैयाँ पाउनेछन्।

चार दिने प्रतियोगितामा ३६ होलको समाप्तीमा कट लागु हुनेछ। जहाँ २१ टप प्रोफेसनल खेलाडीले अन्तिम १८ होलको लागि स्थान बनाउनेछन।

टप २१ मा पर्ने खेलाडीहरुले नगद पुरस्कार प्राप्त गर्नेछन।

एमेच्योर खेलाडीको हकमा प्रोफेसनल खेलाडीको कटमा पर्नेले मात्र अन्तिम १८ होलको प्रतिस्पर्धामा सहभागीता जनाउन पाउनेछन।

पिजीए नेपालका अध्यक्ष रविन्द्रमान श्रेष्ठले प्रतियोगिताबाट राम्रो स्कोर निस्किने अपेक्षा रहेको बताएका छन्।