स्काइवेलको ६२० किमि गुड्ने इटी फाइभ नेपालमा, १ करोड ९ लाखको गाडी यस्तो छ

बिजमाण्डू
२०८१ बैशाख १० गते १३:५१ | Apr 22, 2024
स्काइवेलको ६२० किमि गुड्ने इटी फाइभ नेपालमा, १ करोड ९ लाखको गाडी यस्तो छ

काठमाडौं। विभिन्न ब्राण्डका गाडीहरु बिक्री गर्दै आएको जी मोटर्सले आधिकारिक बिक्रेताको रूपमा स्काइवेलको प्रिमियम गाडी इटी फाइभ नेपाली बजारमा ल्याएको छ। कम्पनीले उक्त गाडी गत भदौमा भएको नाडा अटो शोमा सार्वजनिक गरेको थियो। गाडी भने ढिला आइपुगेको हो।

Tata
GBIME
Nepal Life

कम्पनीले इटी फाइभ गत बिहीबारदेखि नेपाली बजारमा ल्याएको छ। गत बुधबार एक कार्यक्रम आयोजना गर्दै ९ वटा स्काइवेलको इटी फाइभ डेलिभरी समेत गरेको छ।

उक्त कार्यक्रममा नेपालस्थित चिनियाँ राजदूतावासका अर्थ र व्यापार कन्सुलर सी यु,  स्काइवेल न्यु इनर्जी भेहिकलका चिनियाँ प्रतिनिधि थोमस जु र जी मोटर्सका अध्यक्ष दुर्गाप्रसाद गेलालको उपस्थितिमा गाडी डेलिभरी गरिएको थियो।

यो गाडीको फुल चार्ज रेन्ज ६२० किलोमिटर छ। जुन नेपाली बजारमा अहिलेसम्म उपलब्ध इलेक्ट्रिक गाडीमध्ये बढी दुरी चलाउन सकिने कार हो। १५० किलोवाट मोटर पावर उपलब्ध यो गाडीमा ८५.९ किलोवाट आवर(युनिट) क्षमताको ब्याट्री प्याक छ।

यस्तै अटो पार्किङ, मेट्रिक्स लेजर हेडलाइट, मोसन सेन्सर बेस्ड रियर टेलगेट ओपनर, फुल साईज प्यानारोमिक सनरुफ र मुनरुफ, लक्जरी २ लेभल रियर सिट फोल्ड जस्ता फिचर यसमा छन्।

यसैगरी इन्टेलिजेन्ट स्टाइलिङ, इन्टेलिजेन्ट इन्जोइमेन्ट, इन्टेलिजेन्ट कनेक्टिभिटी, इन्टेलिजेन्ट ड्राइभिङ, इन्टेलिजेन्ट सेक्युरिटी, इन्टेलिजेन्ट इलेक्ट्रोनिक र इन्टेलिजेन्ट जोयमा आधारित रहेर प्योर इभी प्ल्याटफर्ममा बनेको हो। यी विशेषताले यो विद्युतीय एसयुभीलाई प्रिमियम क्याटागोरी प्रदान गरेको कम्पनीले जनाएको छ।

यसको टप स्पीड १६० किमि प्रतिघन्टाभन्दा बढी छ, जसले उपभोक्तालाई उच्च गतिको सवारी ड्राइभिङ अनुभूति दिलाउने कम्पनीले जनाएको छ। 

यो गाडीको खरिदमा कम्पनीले एक वर्षको निःशुल्क बीमा, सडक कर, एक्सचेन्ज सुविधामा आकर्षक बोनस र विशेष छुट सुविधा वैशाख महिना भरी रहेको कम्पनी प्रबन्ध निर्देशक कैलाशबाबु गेलालले जानकारी दिए।

स्वाइवेल इटी-५ प्यानारोमिक सनरूफसहित स्क्सक्लुसिभ पेटेन्डेड स्लिप सिट र मेट्रिक्स लेजर हेडलाइटले उपभोक्तालाई लक्जरी प्रदान गर्छ। नेपाली बजारमा यसको मूल्य १ करोड ९ लाख रुपैयाँ रहेको कम्पनीले जनएको छ।