एसियन लाइफको बोनस सेयर नेप्सेमा सूचीकृत, चुक्ता पुँजी ३ अर्ब ३९ करोड पुग्यो

बिजमाण्डू
२०८१ बैशाख १० गते ११:०७ | Apr 22, 2024
एसियन लाइफको बोनस सेयर नेप्सेमा सूचीकृत, चुक्ता पुँजी ३ अर्ब ३९ करोड पुग्यो

काठमाडौं। एसियन लाइफ इन्स्योरेन्सको बोनस सेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ। कम्पनीको २४ लाख ४५ हजार ३५७.९ कित्ता सेयर आइतबार सूचीकरण भएको हो।

Tata
GBIME
Nepal Life

एसियन लाइफले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट ७.७७ प्रतिशत बोनस सेयर दिएको थियो। बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी ३ अर्ब ३९ करोड ९८ लाख रुपैयाँ पुगेको छ।

नेपाल बीमा प्राधिकरणले तोकेको चुक्ता पुँजी कायम गर्न कम्पनीले अब १ अर्ब ६० करोड रुपैयाँ पुँजी जुटाउनुपर्नेछ। प्राधिकरणले जीवन बीमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ तोकेको छ।

तोकिएको पुँजी कायम गर्न एसियन लाइफले ४२ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरिसकेको छ।