संकटमा ऐरीको ब्याट चल्दा हङकङलाई औसत लक्ष्य, भुर्तेल लगातार तेस्रो खेलमा डक आउट

बिजमाण्डू
२०८१ बैशाख ८ गते १८:०८ | Apr 20, 2024
संकटमा ऐरीको ब्याट चल्दा हङकङलाई औसत लक्ष्य, भुर्तेल लगातार तेस्रो खेलमा डक आउट
ब्याटिङमा दीपेन्द्रसिंह ऐरी। फाइल फोटो एसीसी

काठमाडौं। नेपाली क्रिकेट टोलीले खराब ब्याटिङको शृङखलालाई निरन्तरता दिएको छ। एसीसी प्रिमियर कप अन्तर्गत आज जारी तेस्रो स्थानको प्रतिस्पर्धामा नेपाल हङकङविरुद्ध ब्याटिङमा पूर्णतया दीपेन्द्रसिंह ऐरीमा निर्भर रह्यो।

Tata
GBIME
Nepal Life

टस जितेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३९ रन बनाएको छ।

ओमनको अल अमेरत स्टेडियममा खेलको दोस्रो बलमै कुशल भुर्तेल डकआउट भएसँगै नेपालले ब्याटिङको मोमेन्टम बिगारेको थियो। उनी जारी प्रतियोगितामा लगातार तेस्रो खेलमा डकआउट भएका हुन्। यसअघि उनी यूएई र साउदी अरबविरुद्धको खेलमा डक आउट भएका थिए।

त्यस्तै, माथिल्लो क्रममा आएर ब्याटिङ गरेका सोमपाल कामी १२ रनमा समेटिँदा कप्तान रोहित पौडेलले २१, सुन्दीप जोराले २२, कुशल मल्लले १३, गुल्सन झाले ६ र करण केसीले ३ रन बनाए।

१६.२ ओभरमा ९८-८ को अवस्थामा रहेको नेपालको इनिङ्सलाई सम्मानजनक अवस्थासम्म पुर्‍याउन दीपेन्द्रसिंह ऐरीले प्रयास गरे। उनले २९ बलमा ४ चौका र ३ छक्काको सहायतामा ४४ रन बनाएर अविजित रहे। यसक्रममा उनले सबैभन्दा ठूलो साझेदारी ललितनारायण राजवंशीसँग ४१ रनको बनाए।

बलिङतर्फ हङकङका आयुष शुक्लाले ३ विकेट लिँदा अतिक इक्बाल, यसिम मुर्ताजा र इहसन खानले समान १ विकेट लिए।

हङकङ जवाफी ब्याटिङमा उत्रिएको छ। आजको खेलमा जित निकाल्ने टोलीले एसीसी इमर्जिङ टिम्स एसिया कपमा अवसर पाउनेछ।