प्रचण्ड नेतृत्वको गठबन्धन चाँडै पतन हुने कांग्रेसको दाबी, ‘एमालेमा विकल्प खोज्नुपर्ने छलफल छ’

बिजमाण्डू
२०८१ बैशाख ७ गते १६:०३ | Apr 19, 2024
प्रचण्ड नेतृत्वको गठबन्धन चाँडै पतन हुने कांग्रेसको दाबी,  ‘एमालेमा विकल्प खोज्नुपर्ने छलफल छ’
डा. प्रकाशशरण महत

काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अहिलेको सत्ता गठबन्धन चाँडै पतन हुने दाबी गरेको छ।

Tata
GBIME
Nepal Life

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले शुक्रबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी देशमा निराशा चुलिएकाले एमालेमा पनि विकल्प खोज्नुपर्ने छलफल चलिरहेको भन्दै गठबन्धन लामो समय नजाने बताए।

‘अप्राकृतिक गठबन्धन भएकाले एकले अर्कोलाई आफैं अविश्वास गरिरहेको अवस्था छ। यो गठबन्धनको चाँडै पतन हुन्छ,’ उनले भने, ‘देशमा निराशा चुलिएको छ। लगानीको वातावरण बनेको छैन। एमालेमा पनि विकल्प खोज्नुपर्ने भन्ने छलफल चलेको छ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत फागुन तेस्रो साता कांग्रेसलाई सत्ता गठबन्धनबाट आउट गरी एमालेलाई इन गरेका थिए।