आज पनि विमानस्थलबाट बरामद भयो झन्डै १ किलो सुन, भारतीय महिला प्रहरी नियन्त्रणमा

बिजमाण्डू
२०८१ बैशाख ७ गते १५:३९ | Apr 19, 2024
आज पनि विमानस्थलबाट बरामद भयो झन्डै १ किलो सुन, भारतीय महिला प्रहरी नियन्त्रणमा

काठमाडौं। शुक्रबार दिउँसो पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन बरामद भएको छ। भारतीय महिला सहिना प्रभिनले ल्याएको ८५० ग्राम सुन बरामद भएको हो। विमानस्थलको आगमन गेट नजिकै प्लाष्टिकले बेरेर ल्याएको अवस्थामा सुन बरामद भएको प्रहरीले जानकारी दिएको छ।

Tata
GBIME
Nepal Life

बुधबार पनि प्रहरीले विमानस्थलबाट १ किलो ७० ग्राम सुन बरामद गरेको थियो। यसमा भने सुन ल्याउने मानिस पक्राउ परेका थिएनन्।

भारतबाट आएको विमान भित्र बेबारिसे अवस्थामा सुन भेटिएको थियो। यात्रु झरिसकेपछि विमानका कर्मचारीले सफाइ गर्ने क्रममा झोलाभित्र रहेको अवस्थमा सुन भेटेका थिए।

विदेशबाट अवैध रुपमा ल्याउने सुन रोक्न सरकारले सुरक्षा व्यवस्था कडा बनाएको दाबी गरेपनि सुन भित्रिने क्रम भने रोकिएको छैन।