प्रहरीले वीरगंजमा ट्रकबाट बरामद गर्‍यो ५८ लाख बढीको हार्डवेयर र खुद्रा सामान

बिजमाण्डू
२०८१ बैशाख ७ गते ११:०५ | Apr 19, 2024
प्रहरीले वीरगंजमा ट्रकबाट बरामद गर्‍यो ५८ लाख बढीको हार्डवेयर र खुद्रा सामान

काठमाडौं । पर्सा प्रहरीले बिल बिजक भन्दा बढी हार्डवेयर तथा खुद्रा सामानहरु बोकेको माल बाहक ट्रक नियन्त्रणमा लिएको छ।

Tata
GBIME
Nepal Life

ट्रक वीरगंजबाट काठमाण्डौं आउँदै गरेको सूचनाको आधारमा प्रहरीले वीरगंजको सिर्सिया सडकखण्डबाट ना.३ ख ३३२४ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएको हो।

ट्रकलाई रोकेर अनुसन्धान गर्ने क्रममा बिल बिजक भन्दा बढी हार्डवेयर तथा खुद्रा सामानहरु लोड रहेको पाइएको थियो। यस्तै, प्राप्त बिल बिजक पनि शंकास्पद देखिएको थियो।

प्रहरीले ट्रकबाट ५८ लाख ४१ हजार ७१४ रुपैयाँ बराबरको हार्डवेयर तथा खुद्रा सामानहरु नियन्त्रणमा लिएको जनाएको छ। थप कारबाहीका लागि ट्रकसहित सामान बारास्थित राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको प्रहरीले जनाएको छ।