तातोपानीबाट रासायनिक मल काठमाडौंमा ढुवानी सुरु, ११ महिना देखि गोदाममा थन्किएको थियो

बिजमाण्डू
२०८१ बैशाख ७ गते १०:१९ | Apr 19, 2024
तातोपानीबाट रासायनिक मल काठमाडौंमा ढुवानी सुरु, ११ महिना देखि गोदाममा थन्किएको थियो

काठमाडौं । चीनबाट आयात गरिएको रासायनिक मल तातोपानी भन्सार कार्यालयबाट काठमाडौंतर्फ धमाधम ढुवानी भइरहेको छ।

Tata
GBIME
Nepal Life

करिब ११ महिना गोदममा थन्किएको मल आयातकर्ता ट्रान्स सिल्कले आवश्यक प्रक्रिया पूरा गरेसँगै मल काठमाडौंतर्फ ढुवानी भएको हो।

कृषि सामग्री कम्पनी र आयातकर्ताबीच सहमति भएपछि तीन हजार पाँच सय टन मल काठमाडौं पठाइएको भन्सार कार्यालयले जनाएको छ।

तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसीका अनुसार तीन हजार पाँच सय टन मलमध्ये हालसम्म एक हजार दुई सय टनभन्दा बढी मल जाँच पास भएर काठमाडौं पुगेको छ।

बाँकी मल पनि जाँच पास प्रक्रियामा रहेकाले चाँडै नै काठमाडौं पुग्ने उनले बताए।