अस्ट्रेलियामा करिब ७ हजारजनाले गुमाए जागिर, बेरोजगारी दर बढेर ३.८ प्रतिशत‍ पुग्यो

बिजमाण्डू
२०८१ बैशाख ७ गते ०८:२३ | Apr 19, 2024
अस्ट्रेलियामा करिब ७ हजारजनाले गुमाए जागिर, बेरोजगारी दर बढेर ३.८ प्रतिशत‍ पुग्यो
Photo : Getty Images

अस्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशत पुगेको छ। अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस) ले सार्वजनिक गरेको तथ्यांक अनुसार मार्च महिनामा बेरोजगारी दर ०.१ प्रतिशत बढेर ३.८ प्रतिशत पुगेको हो।

Tata
GBIME
Nepal Life

पछिल्लो समय अस्ट्रेलियमा करिब ७ हजार जनाले जागिर गुमाउनु परेको एबीएसले जनाएको छ। बेरोजगारहरुको संख्या हाल २१ हजारले बढेको रिपोर्टमा उल्लेख छ।

अस्ट्रेलियामा मार्चमा जागिरहरु कटौती भएका कारण बेरोजगारी दर ३.९ प्रतिशत पुग्ने अनुमान गरिएको थियो। तर,  अपेक्षा गरिएको भन्दा कममा बेरोजगारी दर सीमित भएको हो।

अस्ट्रेलियामा बढ्दो जनसंख्या बीच रोजगारीमा गिरावट आएको हो।