बार्सिलोनालाई हराएर पीएसजी च्याम्पियन्स लिगको सेमिफाइनलमा

बिजमाण्डू
२०८१ बैशाख ५ गते ०७:५१ | Apr 17, 2024
बार्सिलोनालाई हराएर पीएसजी च्याम्पियन्स लिगको सेमिफाइनलमा
Photo: Reuters

स्पेनिस क्लब बार्सिलोनालाई हराएर फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ। गएराति सम्पन्न क्वाटरफाइनलको दोस्रो लेगको खेलमा ४-१ गोलको जित निकालेसँगै समग्रमा ४-६ गोलको जित निकालेर पीएसजी सेमिफाइनल पुगेको हो।

Tata
GBIME
Nepal Life

गएराति सम्पन्न खेलमा १२ औँ मिनेटमै बार्सिलोनाले राफिन्हाको गोलमा अग्रता बनाएको थियो। तर, २९ औँ मिनेटमा रोनाल्ड अराउजोले रेड कार्ड ब्यहोरेपछि पीएसजी खेलमा फर्कियो। खेलको ४० औं मिनेटमा ओस्माने डेम्बेलेले गोल गर्दै पहिलो हाफमै खेल बराबरी ल्याए।

खेलको ५४ औँ मिनेटमा भिटिन्हाले गोल गर्दै पीएसजीलाई अग्रत दिलाए। त्यसपछिका दुई गोल किलियन एम्बाप्पेले गरे। उनले ६१ औँ मिनेटमा पेनाल्टीमा र ८९ मिनेटमा अर्को गोल गर्दा पीएसजीले ४-१ गोलको जित निकाल्न सफल भयो। अर्कोतर्फ स्पेनिस फुटबल जायन्ट बार्सिलोना सेमिफाइनल नपुग्दै बाहिरिएको छ।

पहिलो लेगको खेलमा बार्सिलोनाले २-३ गोलअन्तरको जित निकालेको भए पनि दोस्रो लेगमा बाउन्सब्याक गर्दै पीएसजीले समग्रमा ४-६ गोलअन्तरले जित निकाल्न सफल भएको हो। सेमिफाइनलमा पीएसजीले जर्मन टोली बोरुसिया डर्टमण्डसँग प्रतिस्पर्धा गर्नेछ।