माधव नेपालप्रति ओलीको आक्रोश : ‘दक्षिणपन्थी चरित्र नांगो ढंगबाट प्रदर्शन भयो’

बिजमाण्डू
२०८१ बैशाख ३ गते १३:५८ | Apr 15, 2024
माधव नेपालप्रति ओलीको आक्रोश : ‘दक्षिणपन्थी चरित्र नांगो ढंगबाट प्रदर्शन भयो’

काठमाडौं। सत्ता गठबन्धनमै रहेका एमाले र एकीकृत समाजवादीबीच टकराव देखिएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच नयाँ समीकरण बनेपछि सम्बन्ध सुधार भएको थियो। तर, भागबण्डाप्रति एकीकृत समाजवादीले चित्त नबुझाएपछि दुई दलबीच फाटो देखिएको हो।

Tata
GBIME
Nepal Life

ओलीले सोमबारको एमाले संसदीय दलको बैठकमा पनि नेपाललक्षित टिप्पणी गरे। उनले एकीकृत समाजवादीले सुदूरपश्चिममा नाउपालाई मुख्यमन्त्रीमा समर्थन नगरेर सत्ता गठबन्धनलाई संकटमा पुर्‍याउन खोजेको बताए। ‘सुदूरपश्चिममा नाउपलाई मुख्यमन्त्री दिने निर्णय भएको थियो, एकीकृत समाजवादीले अराजनीतिक निर्णय गर्‍यो,’ उनले भने।

आइतबार बालुवाटारमा बसेको गठबन्धनको बैठकमा नेपालले सुदूपरपश्चिममा मुख्यमन्त्री एकीकृत समाजवादीले पाउनुपर्ने नेपालको दाबीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र ओलीले समर्थन गरेका थिएनन्। मुख्यमन्त्री नपाएपछि एकीकृत समाजवादीले सुदूरपश्चिममा कांग्रेस र नाउपाका नेता रेशम चौधरी पक्षका मुख्यमन्त्रीमा दाबी गरेका लक्ष्मणकिशोर चौधरीलाई समर्थन गरेको थियो।

नेपालको उक्त निर्णयलाई ओलीले चर्को आलोचना गरेका छन्। ‘दक्षिणपन्थी चरित्र नांगो ढंगबाट प्रदर्शन भयो। यसले केही फरक पर्नेवाला छैन,’ ओलीले भने।

वाम एकता भनेर नेपालले नक्कली कुरा गरेको ओलीको आरोप छ। नेकपालाई टुटाएर वाम एकता भन्नु ठीक नभएको उनको भनाइ छ। अहिले वाम एकता गरेर सरकार नबन्ने ओलीले बताए। ‘अहिले पनि राष्ट्रिय शक्तिहरु मिलेर सुशासनतर्फ राष्ट्रिय एकता चाहिएको हो। वामपन्थी एकता भन्नेले न सरकार बन्छ न देश चल्छ,’ उनले भने।