रञ्जिताको निर्णयमा सर्वोच्चको लगाम, गिरीलाई सांसदबाट हटाउने निर्णय कार्यान्वयन नगर्न आदेश

बिजमाण्डू
२०८१ बैशाख २ गते १८:०० | Apr 14, 2024
रञ्जिताको निर्णयमा सर्वोच्चको लगाम, गिरीलाई सांसदबाट हटाउने निर्णय कार्यान्वयन नगर्न आदेश
इन्दिरा गिरी

काठमाडौं। सुदूरपश्चिम प्रदेश सभाकी सदस्य इन्दिरा गिरीलाई पदमुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ।

Tata
GBIME
Nepal Life

सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले गिरीलाई गरिएको कारबाही कार्यान्वयन नगर्न भनेको हो। ‘निवेदिकालाई सुदूरपश्चिम प्रदेश सभाको सदस्य पदको हैसियतमा रहेर काम कारबाही गर्न रोक नलगाउनू,’ आदेशमा भनिएको छ। 

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले समानुपातिक सांसद गिरीलाई प्रदेश सभाबाट फिर्ता बोलाउन लगाएकी थिइन्। चैत २६ गते आफूलाई प्रदेश सभाबाट हटाइएपछि गिरी आफूलाई स्पष्टीकरणको मौका समेत नदिएको जिकिरसहित रिट लिएर सर्वोच्च पुगेकी थिइन्।