मुख्यमन्त्रीमा नाउपाबाट २ जनाको दाबी, लक्ष्मणलाई कांग्रेस र कैलाशलाई एमाले-माओवादीको साथ

बिजमाण्डू
२०८१ बैशाख २ गते १६:२८ | Apr 14, 2024
मुख्यमन्त्रीमा नाउपाबाट २ जनाको दाबी, लक्ष्मणलाई कांग्रेस र कैलाशलाई एमाले-माओवादीको साथ
कैलाश चौधरी

काठमाडौं। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)बाट दुई जनाको दाबी पेस भएको छ।

Tata
GBIME
Nepal Life

लक्ष्मण किशोर चौधरीले कांग्रेस र एकीकृत समाजवादीका सहित २९ सांसदको समर्थन रहेको दाबीसहित मुख्यमन्त्रीमा दाबी पेस गरेकामा कैलाश चौधरीले पनि आफूलाई नियुक्त गर्न माग गर्दै प्रदेश प्रमुखलाई निवेदन दिएका छन्।

कैलाशलाई एमाले र माओवादी केन्द्रको साथ छ। ५२ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ सांसद चाहिनेमा कैलाशले आफूसँग २८ जना रहेको दाबी गरेका छन्। कैलाश पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ र लक्ष्मण किशोर रञ्जिताका पति रेशम चौधरी निकट हुन्।

सुदूरपश्चिम प्रदेश सभामा कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखसहित ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, नेकपा एकीकृत समाजवादीका चार, राप्रपाका एक र एक स्वतन्त्र सदस्य छन्।