सुदूरपश्चिममा टुट्यो सत्ता गठबन्धन, बन्यो कांग्रेस- समाजवादी र नाउपाको समीकरण

बिजमाण्डू
२०८१ बैशाख २ गते १५:२७ | Apr 14, 2024
सुदूरपश्चिममा टुट्यो सत्ता गठबन्धन, बन्यो कांग्रेस- समाजवादी र नाउपाको समीकरण

काठमाडौं। केन्द्रको सत्ता गठबन्धनमा रहेका एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सुदूरपश्चिममा अर्को गठबन्धन बनाएका छन्।

Tata
GBIME
Nepal Life

नाउपाका नेता रेशम चौधरी निकट लक्ष्मण किशोर चौधरीलाई मुख्यमन्त्री बनाउन कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह, नाउपा संसदीय दलका नेता घनश्याम चौधरी, एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीले हस्ताक्षर गरेका छन्।

नाउपाका ७, कांग्रेसका १८ र एकीकृत समावादीका ४ जना गरी २९ जनाको समर्थन रहेको दाबी गरिएको छ। चैत २३ गते प्रदेश प्रमुखले सरकार गठनका लागि आह्वान गरेका थिए। नाउपाभित्रको किचलोका कारण सरकार गठनमा ढिलाइ भएको थियो।