हायर पर्चेज कर्जाको जोखिम भार घटाउन व्यवसायीको आग्रह, पहल लिने मन्त्रीको प्रतिबद्धता

बिजमाण्डू
२०८० चैत्र ३० गते २१:५९ | Apr 12, 2024
हायर पर्चेज कर्जाको जोखिम भार घटाउन व्यवसायीको आग्रह, पहल लिने मन्त्रीको प्रतिबद्धता

काठमाडौं। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले सुस्ताएको अटोमोबाइल्स व्यवसायलाई गतिशील बनाउने गरी नीति ल्याउन अर्थमन्त्री वर्षमान पुनसँग आग्रह गरेको छ। नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वको टोलीले नीतिसँग सम्बन्धित २० बुँदै सुझाव पनि मन्त्री पुनलाई दिएको छ।

Tata
GBIME
Nepal Life

नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले व्यवसायको उत्थानका लागि मन्त्रीसमक्ष २० बुँदे सुझाव प्रस्तुत गरेका हुन्।

छलफलमा लगानी सुरक्षित गर्न तथा उद्योगीको मनोबलमा वृद्धिका नीति लिन व्यवसायीले आग्रह गरेका छन्। व्यवसायलाई दीर्घकालीन रूपमा सफल बनाउन हालको अन्तःशुल्क महसुलमा दिइएको छुटको व्यवस्था कायम राख्न सुझाइएको छ।

उद्योग स्थापना गर्न प्रोत्साहन हुने र सवारी साधनहरूको नेपालमै उत्पादनका लागि प्रोत्साहित गर्ने नीतिका लागि पनि व्यवसायीले मन्त्रीलाई आग्रह गरेका छन्।

अटोमोबाइल्स क्षेत्रको लगानीमा बाधकको रूपमा रहेको हायर पर्चेज कर्जाको जोखिम भारलाई घटाउन पनि व्यवसायीले मन्त्रीसँग आग्रह गरेका छन्। हालको १२५ को सीमालाई १०० प्रतिशत कायम गर्न र २५ लाखको क्यापलाई ५० लाख कायम गर्न पनि व्यवसायीको सुझाव छ।

खुल्ला सीमाबाट नेपाली बजारमा स्पेयर पार्टस, टायरलगायत अनधिकृत आयात भइरहेकोमा पनि व्यवसायीले मन्त्रीको ध्यानाकर्षण गराएका छन्।

छलफलमा अर्थमन्त्री पुनले नाडाको तर्फबाट राखिएका नीतिगत सुझावप्रति चासो राख्दै आवश्यक पहल गर्ने बताए।

छलफलमा नाडाका प्रदेश उपाध्यक्ष तेजनारायण साह, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल तथा एसोसिएसन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति थियो।