एआई विकासमा आक्रामक दक्षिण कोरिया, सेमिकन्डक्टर चिप निर्माणमा ९ खर्ब लगानी गर्दै

बिजमाण्डू
२०८० चैत्र ३० गते १४:०९ | Apr 12, 2024
एआई विकासमा आक्रामक दक्षिण कोरिया, सेमिकन्डक्टर चिप निर्माणमा ९ खर्ब लगानी गर्दै
Photo : Getty Images


दक्षिण कोरियाका राष्ट्रपति युन सुक उलले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रमा ९.४ त्रिलियन ओन (करिब ९ खर्ब १० अर्ब रुपैयाँ) लगानी गर्ने बताएका छन्।

Tata
GBIME
NLIC

सन् २०२७ सम्ममा सेमिकन्डक्टर चिप बनाउने अब्बल देश बन्न रकम लगानी गर्न लागिएको हो।

एआईको बढ्दो बजारका कारण सेमिकन्डक्टर चिपको माग बजारमा अहिले उच्च छ। जसकारण दक्षिण कोरियाले थप १.४ त्रिलियन ओन (१ खर्ब ३६ अर्ब) सेमिकन्डक्टर फर्मको विकासमा खर्चिने भएको छ।

अमेरिका, जापान र चीन जस्ता देशसँग प्रतिष्पर्धा गर्न दक्षिण कोरिया अहिले आक्रामक बनेको हो। अमेरिका, जापान र चीनले एआई र चिप निर्माणलाई तिब्रता दिइरहेको छ।

दक्षिण कोरियाको निर्यातमुखी अर्थतन्त्रको मुख्य आधार मध्ये सेमिकन्डक्टर पनि एउटा हो। मार्च महिनामा दक्षिण कोरियाले ११.७ बिलियन अमेरिकी डलर (१५ खर्ब ६१ अर्ब रुपैयाँ) बराबरको चिप निर्यात गरेको थियो।

राष्ट्रपति उलले हालको प्रतिष्पर्धा सेमिकन्डक्टरमा रहेको भन्दै त्यसलाई ‘औद्योगिक युद्ध’को संज्ञासमेत दिएका छन्। दक्षिण कोरियालले एआई चिपको विकासका लागि ‘रिसर्च एन्ड डेभलप्मेन्ट’मा कामलाई तिब्रता दिइरहेको छ। यस्तै, नेक्स्ट जेनरेसन इन्टिलिजेन्स (एजीआई)को विकाससँगै प्रविधिलाई सुरक्षित बनाउन पनि दक्षिण कोरियाले लगानी गरिरहेको छ।

उलले दक्षिण कोरियालाई एआई र चिप क्षेत्रमा विश्वकै तीन ठूला देशमा पार्ने योजना रहेको बताएका छन्। साथै, सन् २०३० सम्म विश्वको सेमिकन्डक्टर बजारको १० प्रतिशत हिस्सा लिने योजना रहेको पनि उनले बताएका छन्।