नेपाल टेलिकमको स्प्रिङ अफर सार्वजनिक, यस्ता छन् कम्पनीले ल्याएका नयाँ भ्वाइस र डेटा प्याक

बिजमाण्डू
२०८० चैत्र ३० गते १३:११ | Apr 12, 2024
नेपाल टेलिकमको स्प्रिङ अफर सार्वजनिक, यस्ता छन् कम्पनीले ल्याएका नयाँ भ्वाइस र डेटा प्याक

काठमाडौं। नेपाल टेलिकमले स्प्रिङ अफर २०८० अन्तर्गत विभिन्न प्याक तथा सुविधा सार्वजनिक गरेको छ। कम्पनीले विभिन्न सुविधासहितका नयाँ भ्वाइस तथा डेटा प्याकेज सञ्चालनमा ल्याएको हो।

Tata
GBIME
Nepal Life

टेलिकमले १८ रुपैयाँमा १ दिनसम्म सबै नेटवर्कमा कल गर्न सकिने २५ मिनेट अल-नेट अल-टाइम भ्वाइस प्याक र ३५ रुपैयाँमा २ घण्टासम्म प्रयोग गर्न सकिने अनलिमिटेड डेटा प्याक सार्वजनिक गरेको छ। टेलिकमले यसबाहेक विभिन्न दरका भ्वाइस, डेटा र एसएमएस प्याक समेत ल्याएको जनाएको छ।

नयाँ भ्वाइस प्याकेजअन्तर्गत टेलिकमले सबै नेटवर्कमा प्रयोग गर्न सकिने १०१ मिनेट, १५० मिनेट र ५३५ मिनेट भ्वाइस प्याक ल्याएको छ। यस्तै, ३५ दिनसम्म जुनसुकै समय र नेटवर्कमा प्रयोग गर्न सकिने १४ सय मिनेट अल-नेट भ्वाइस प्याक ५९९ रुपैयाँमा उपलब्ध गराएको छ।

टेलिकमले नयाँ डेटा प्याकेजअन्तर्गत २४ रुपैयाँमा १ घण्टा भ्वाइस र डेटा प्याक उपलब्ध गराएको छ। सो प्याकेज खरिद गरेमा एक घण्टासम्म कम्पनीकै नेटवर्कमा (अन–नेट) अनलिमिटेड कल गर्न र डेटा चलाउन सकिने टेलिकमले जनाएको छ। त्यसैगरी, २० रुपैयाँमा १ दिनका लागि ६०० एमबी ‘डे’ डाटा प्याक र ८० रुपैयाँमा ३ दिनसम्म चलाउन सकिने तथा १०९ रुपैयाँमा ७ दिनसम्म चलाउन सकिने ३ जीबी डेटा प्याक ल्याएको छ। ३९९ रुपैयाँमा २८ दिनसम्म चलाउन सकिने १३ जीबी डेटा प्याक पनि टेलिकमले सार्वजनिक गरेको छ।

यसैगरी प्रिपेड तथा पोस्टपेडमा उपलब्ध सजिलो अनलिमिटेड प्याक टेलिकमले परिमार्जन गरेको छ। नयाँ प्याकेजको रुपमा टेलिकमले सजिलो एक्जिक्युटिभ प्याक सञ्चालनमा ल्याएको छ।

जीएसएम टुजी वा थ्रीजी सिम प्रयोगकर्ताहरुलाई फोरजी प्रयोग गर्न प्रोत्साहित गराउने उद्देश्यले टेलिमकमले नयाँ अफर उपलब्ध पनि सार्वजनिक गरेको छ। यसरी टुजी वा थ्रीजी प्रयोगकर्ताले आफ्नो सिमलाई फोरजीमा एक्टिभेट गरे ३ जीबी डेटा, १०० मिनेट भ्वाइस कल (भीओ-एलटीई) र ५० अन-नेट एसएमएस सुविधा पाउने कम्पनीले जनाएको छ।