गृहमन्त्री निर्दोष छन्, छानबिन समिति माग गर्नु राजनीतिक समीकरण भत्काउने खेल : प्रचण्ड

बिजमाण्डू
२०८० चैत्र २९ गते १४:५० | Apr 11, 2024
गृहमन्त्री निर्दोष छन्, छानबिन समिति माग गर्नु राजनीतिक समीकरण भत्काउने खेल : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाको अवरोध चाँडै हटने बताएका छन्। उनले नेपाली कांग्रेसले गरिरहेको संसद अवरोध हटाउन संवाद सुरु भइसकेको जानकारी दिए।

Tata
GBIME
Nepal Life

विराटनगरमा पत्रकारसँग कुराकानी गर्दै प्रचण्डले संसदको अवरोध राजनीतिक तहबाट हल गरिने बताए। उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले सहकारीको पैसा हिनामिना गरेको भन्दै कांग्रेसले संसदीय छानबिन समितिको माग गरिरहेको छ। आज प्रचण्डले समिति गठन सम्भव नभएको बताए।

‘अहिले रवि लामिछानेलाई नै केन्द्रमा राखेर समितिको माग गरिएको छ, त्यो मिल्ने कुरो छैन,’ प्रचण्डले भने।

आफूले लामिछाने निर्दोष भएको जवाफ संसदमा दिइसकेको उनले बताए। प्रतिपक्षी दलहरुले राजनीतिक मुद्दाका रुपमा लामिछानेको विषय उठाएको प्रचण्डको आरोप छ।

‘पहिले हामीसँगै कांग्रेस सरकारमा थियो, त्यतिखेर यो मुद्दा सामान्य थियो। सरकारबाट निस्केपछि रविजीलाई केन्द्रमा राखेर समितिको माग गरिएको छ, यो राजनीतिक पूर्वाग्रहमा आधारित छ,’ उनले भने।

प्रचण्डले राजनीतिक समीकरण भत्काउन समितिको माग गरिएकाले सफल नहुने बताए।