गुगलले नियुक्त गर्‍यो नेपालका लागि आधिकारिक प्रतिनिधि, मिडियम ग्रुपले पायो जिम्मेवारी

बिजमाण्डू
२०८० चैत्र २९ गते १४:२३ | Apr 11, 2024
गुगलले नियुक्त गर्‍यो नेपालका लागि आधिकारिक प्रतिनिधि, मिडियम ग्रुपले पायो जिम्मेवारी

काठमाडौं । गुगलले नेपालका लागि आफ्नो आधिकारीक प्रतिनिधि नियुक्त गरेको छ। गगुलले मिडियम ग्रुप बाइ अलेफलाई प्रतिनिधिमा नियुक्त गरेको हफ।    

Tata
GBIME
Nepal Life

जिम्मेवारी पाएसँगै कम्पनीले स्थानीय विज्ञापन एजेन्सी र विज्ञापनदाताका लागि गुगल एडमार्फत प्रभावकारी विज्ञापनका लागि सहयोग गर्ने जनाएको छ।

कम्पनीले स्थानीय विज्ञापनदाताका लागि सर्च इन्जिन, युट्युब र डिस्प्लेलगायतका सेवा सम्बन्धी सेवा प्रदान गर्नेछ। लक्षित उपभोक्तामा विज्ञापनको पहुँच बढाउनका लागि प्रभावकारी अभियान संचालन गर्न विभिन्न सुविधा उपलब्ध पनि गराउने योजना छ।

मिडियम ग्रुप बाइ अलेफ प्रमुख कार्यकारी अधिकृत अल्वर्टो अल्भारेजले गुगल एड एसिया प्यासिफिक क्षेत्रमा विकसित हुँदै गरेका व्यवसायका लागि ‘नयाँ अस्त्र’ रहेको बताए। यसमार्फत विज्ञापनदाताले गुगल सर्च टुल्सको प्रयोग गरि विभिन्न प्रकारका डेटा संकलन, उपभोक्ता लक्षित विज्ञापन गर्न तथा विभिन्न माध्यम जस्तै युट्युब, गुगल म्याप र सर्च टुलमार्फत प्रयोगकर्तासम्म पुग्न र उनीहरुलाई त्यसप्रक्रियामा संलग्न गराउन सक्ने उनले बताए।

गुगल सर्च इन्जिनको च्यानल सेल्सका पार्टनर प्रफर्मेन्स प्रमुख तारा यूनले भने, ‘हामी मिडियम ग्रुप बाइ अलेफसँगको सहकार्यका लागि उत्साही छौं। यस सहकार्यमार्फत हामीले कम्बोडिया र नेपालमा हाम्रो उपस्थिति बढाउने छौं।’

सन् २००५ मा स्थापना भएको अलेफको हाल ६५ भन्दा बढी कार्यालय रहेको छ। त्यहाँ एक हजार पाँच सयभन्दा बढी कर्मचारी कार्यरत छन्।