महिलाहरूको क्षमता अभिवृद्धि गर्न ‘टोयोटा विमेन्स मोटर र्‍याली २०२४’ वैशाख ८ गते हुँदै

बिजमाण्डू
२०८० चैत्र २९ गते १२:४९ | Apr 11, 2024
महिलाहरूको क्षमता अभिवृद्धि गर्न ‘टोयोटा विमेन्स मोटर र्‍याली २०२४’ वैशाख ८ गते हुँदै

काठमाडौं। टोयोटा गाडीको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्सले आगामी वैशाख ८ गते मोटर र्‍याली आयोजना गर्ने भएको छ। २० वर्षअघिदेखि सुरू भएको र्‍याली मोटर स्पोर्टस्‌को क्षेत्रमा महिलाहरूको क्षमता अभिवृद्धि गर्ने एउटा महत्त्वपूर्ण कार्यक्रम रहँदै आएको कम्पनीले जनाएको छ।

Tata
GBIME
Nepal Life

यो र्‍यालीको उद्देश्य अटोमोटिभ क्षेत्रका महिलाहरू माझ सौहार्दता र साहसिक भावनाको प्रवर्धन गर्नु रहेको हो। र्‍यालीले महिलाहरूलाई सशक्तीकरण र प्रेरणादायी बन्दै परम्परागत घेराबाट माथि उठ्न सघाउने कम्पनीको विश्‍वास छ।

कम्पनीले र्‍यालीमा सबै क्षेत्रका महिलाले सहभागिता जनाउन सक्ने भन्दै सहभागिताका लागि आह्‍वान समेत गरेको छ। र्‍यालीमा कुनै पनि गाडीमार्फत सहभागिता जनाउन सकिने छ।

यो र्‍याली मोटर स्पोर्ट्स अन्तर्गत पर्ने रेसिङ विधाको टिडिएस र्‍याली हो। टाइम, डिस्ट्यान्स र स्पिड अर्थात टीडीएस र्‍याली अन्तर्गत गन्तव्यसम्म पुग्नका लागि विभिन्‍न चेक प्वाइन्टहरू निर्धारण गरी बाटोको प्रकृति हेरेर एभरेज स्पिड तय गरिएको हुनेछ र त्यही सबैलाई मध्यनजर गरि अन्त्यमा विजेता घोषणा हुनेछ।

यो र्‍यालीमा काठमाडौंका विभिन्‍न सहरहरू परिक्रमा हुनुको साथै संस्कृतिक सम्पदा हुँदै गन्तव्यमा पुगी समापन हुने कम्पनीले जनाएको छ। अन्त्यमा कम्पनीले विजेताहरूलाई उचित पुरस्कार उपलब्द गराउनुको साथै र्‍याली समापन हुने ठाउँमा सफल महिला उद्यमीलाई उद्यमशीलताको पहिचान, प्रोत्साहन र हौसला बढाउने उद्देश्यले यस र्‍यालीमा कार्निभल आयोजना गरिनेछ।