भारतीय नयाँ वेयरटेक ब्रान्ड ‘न्यू रिपब्लिक’ अब नेपालमा, अर्बान पल्सले बिक्री गर्ने

बिजमाण्डू
२०८० चैत्र २९ गते १२:३१ | Apr 11, 2024
भारतीय नयाँ वेयरटेक ब्रान्ड ‘न्यू रिपब्लिक’ अब नेपालमा, अर्बान पल्सले बिक्री गर्ने

काठमाडौं। नेपालमा न्यू रिपब्लिकले आफ्ना उत्पादनहरूको बिक्रीका लागि अर्बान पल्ससँग पार्टनरसिप गरेको छ। न्यू रिपब्लिक भारतको लाइफस्टाइल टेक्नोलोजी ब्रान्ड हो जुन वायरलेस अडियो, घडी, इयर बड र स्पिकर जस्ता वेयरटेकका लागि चर्चित छ।

Tata
GBIME
Nepal Life

न्यू रिपब्लिकले नेपालमा वायरलेस पर्सनल अडियो डिभाइस, स्पिकर र स्मार्टवाच लगायतका अत्याधुनिक ‘वेयरटेक’ डिभाइसहरू सार्वजनिक गरेको छ।

‘न्यू रिपब्लिकलाई नेपालमा ल्याउन पाउँदा हामी उत्साहित छौं। हाम्रो उद्देश्य नेपालको उत्कृष्ट उत्पादनहरू ल्याएर वेयरटेक क्षेत्रमा क्रान्ति ल्याउनु हो। यो न्यू रिपब्लिकको यात्राको एउटा महत्त्वपूर्ण कोशेढुंगा हो,’ न्यू रिपब्लिकका संस्थापक उज्वल सरिनले भने।

न्यू रिपब्लिकका उत्पादनहरू नेपालको चर्चित इकमर्स मार्केटप्लेस दराज र देशभर फैलिएका स्टोरहरूमा उपलब्ध हुनेछ। अर्बान पल्सको मुख्य स्टोर काठमाडौंको नक्साल, पुलिस हेडक्वाटरको अगाडि रहेको छ।

‘न्यू रिपब्लिकले उत्पादनहरू स्टाइल र सेल्फ एक्सप्रेसनसँग प्रविधिको सम्मिश्रणका लागि परिचित छन्। यो नयाँ साझेदारीमार्फत हामीले न्यू रिपब्लिकका उत्पादनहरू नेपाली उपभोक्तामाझ पुर्‍याउने अठोट लिएका छौं,’ अर्बान पल्सका संस्थापकद्वय सलोनी सेठिया र श्रीयांश सेठियाले भने।

अर्बान पल्सका सलोनी सेठियाको नेपाली संगीत उपकरणको बिक्रीमा आठ वर्ष लामो अनुभव छ। अर्बान पल्सले अन्तर्राष्ट्रिय ब्रान्डहरूलाई नेपाली बजारमा भित्र्याउँदै आएको छ।