जीप कम्पासको नाइट इगल एडिसन भारतीय बजारमा सार्वजनिक, मूल्य २० लाख ४९ हजार भारु

बिजमाण्डू
२०८० चैत्र २९ गते ११:१९ | Apr 11, 2024
जीप कम्पासको नाइट इगल एडिसन भारतीय बजारमा सार्वजनिक, मूल्य २० लाख ४९ हजार भारु

काठमाडौं। भारतीय बजारमा जीप कम्पासको नाइट इगल एडिसनलाई सार्वजनिक गरिएको छ। कम्पनीले बुधबार उक्त गाडीलाई भारतीय बजारमा उतारेको हो।

Tata
GBIME
Nepal Life

कम्पनीले यसको मूल्य २० लाख ४९ हजार भारतीय रुपैयाँ राखेर बिक्री सुरु गरेको छ। यो एउटा अल ब्ल्याक एडिसन एसयूभी हो।

यो गाडीमा फ्रन्ट ह्वील ड्राइभमा डिजल इन्जिन उपलब्ध छ। यसले टाटा ह्यारियर डार्क एडिसन र एमजीको हेक्टर क्ल्याकस्ट्रोमसँग प्रतिस्पर्धा गर्ने कम्पनीले जनाएको छ।

यसमा १८ इन्च एलोय ह्विल छ भने इन्टेरियर डिजाइन ब्ल्याक थिममा तयार पारिएको छ। साथै यसमा फ्रन्ट र रियरमा ड्यास क्याम, रियरमा पनि इन्टरटेन्मेन्ट युनिट, प्रिमियम कार्पेट म्याट, अन्डरबडी लाइटिङ, एम्बियन्ट लाइट, एयर प्युरीफायर दिइएको छ।

यस्तै पानारोमिक सनरुफ, वायरलेस चार्जर पनि उपलब्ध छ। यो गाडी ३ वटा बल्याक, ह्वाइट र रेड कलर विकल्पमा उपलब्ध छ।

यसमा पावरट्रेनको कुरा गर्दा २.० लिटर डिजल इन्जिन फ्रन्ट ह्विल ड्राइभमा उपलब्ध छ। यो इन्जिनले १७० हर्सपावर र ३५० एनएम टर्क उत्पादन गर्न सक्छ। यसमा ६ स्पिड म्यानुअल तथा ९ स्पिड टर्क कन्भर्टर अटोम्याटिक गियर बक्स उपलब्ध छ।