पोखरा प्रहरीले किन नियन्त्रणमा लियो बालबालिकाले खेलौनाका रुपमा बजाउने बाजा ?

बिजमाण्डू
२०८० चैत्र २९ गते ११:१५ | Apr 11, 2024
पोखरा प्रहरीले किन नियन्त्रणमा लियो बालबालिकाले खेलौनाका रुपमा बजाउने बाजा ?

काठमाडौं । जिल्ला प्रहरी कार्यालय कास्कीले बालबालिकाले खेलौनाको रुपमा बजाउने प्लाष्टिका बाजाहरु नियन्त्रणमा लिएको छ।

Tata
GBIME
Nepal Life

कास्की पोखरा महानगरपालिका वडा नम्बर ६ लेकसाइडमा आयोजना हुने ‘१९ औं फेवा महोत्सव तथा नयाँ वर्ष २०८१’ लाई मध्यनजर गर्दै बाजा नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ।

मेलापर्वमा ध्वनी प्रदुषण कम गर्ने उद्देश्यले पोखरा महानगरपालिका ३ तेर्सापट्टी स्थितबाट विभिन्न प्लाष्टिकका ठूलो र सानो बाजाह ७१५ थान नियन्त्रणमा लिइएको हो। यस्तै, लेकसाइडबाट १ हजार २०० थान गरि १ हजार ९१५ वटा प्लाष्टिकका बाजाहरु नियन्त्रणमा लिइएको हो।

यस्ता बाजाले ध्वनी प्रदुषण गर्ने भएकाले नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।