सडक डिभिजन जनकपुरले पप्पु कन्स्ट्रक्सनसहितका ४ वटा निर्माण कम्पनीसँग ठेक्का तोड्दै

बिजमाण्डू
२०८० चैत्र २९ गते १०:४७ | Apr 11, 2024
सडक डिभिजन जनकपुरले पप्पु कन्स्ट्रक्सनसहितका ४ वटा निर्माण कम्पनीसँग ठेक्का तोड्दै

काठमाडौं। सडक डिभिजन जनकपुरले पप्पु कन्स्ट्रक्सनसहितका ४ वटा निर्माण कम्पनीसँग ठेक्का तोड्ने भएको छ। डिभिजनले बिहीबार एक सूचना जारी गर्दै पप्पुसहितका ४ वटा निर्माण कम्पनीले कामै नगरेको भन्दै कालोसूचीमा राख्न लागिएको जनाएको छ।

Tata
GBIME
Nepal Life

डिभिजनले पप्पु-कमल जेभी, नागरजुन हेम कन्स्ट्रक्सन, कमल निर्माण सेवा र स्वाछन्द निर्माण सेवालाई कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाएको हो। यी कम्पनीहरूले विभिन्‍न ६ वटा आयोजनाको पुल र सडक निर्माण गर्ने काम अलपत्र पारेका छन्।

डिभिजनले यी निर्माण कम्पनीलाई ठेक्का नतोड्न कुनै कारण भए लिखित रुपमा पेस गर्न ७ दिनको समयसिमा तोकेको छ। अन्यथा कालोसूचीमा राखी ठेक्काको कार्यसम्पादन जमानत, अग्रिम भुक्तानी जमानत तथा धरौटी वापतको रकम जफत गर्नुको साथै बाँकी कार्य गर्न लाग्ने खर्च समेत असुल उपर गर्ने योजना डिभिजनले बनाएको छ।